काठमाडौँ २७असाेज०७४/देशमा म्याच फिक्सिङको अनुसन्धानमा खेलेको भूमिकाको प्रशंसा गर्दै एसियन फुटबल कन्फडरेसन (एएफसी)ले नेपाल प्रहरीको महानगरीय अपराध महाशालाई सम्मान गरेको छ ।
एएफसीका जेनेरल सेक्रेटरी डाटो विन्डसर जोनले सर्वेन्द्र खनाल र सुदीप राज पाठकलाई सम्मान गरेको हो ।
सन् २०१५ अक्टोबर चारमा एएफसीको अनुशासन र इथिक्स कमिटीले नेपालका चार खेलाडी र एक फुटबल अधिकारीहरुलाई म्याच फिक्सिङमा सम्बन्ध भउको आरोपमा आजीवन प्रतिबन्ध गरेको थियो ।यसरी प्रतिबन्धित हुनेमा अन्जन केसीसहित विकास सिंह क्षेत्री, सन्दीप राई, रितेश थापा र सागर थापा रहेका छन् ।
डिआइजी खनाल त्यतिबेला एसएसपीको रुपमा महानगरीय अपराध महाशाखाको प्रमुखको हैसियतले यस अनुसन्धानको नेतृत्व गरेका थिए । पाठकले यसमा सहायक भूमिका खेलेका थिए ।
एएफसीका जेनेरल सेक्रेटरी डाटोले खनाल र पाठकलाई एएफसी हाउसमा स्वागत गर्न पाएको खुसी व्यक्त गर्दै उनीहरुले खेलको भूमिकाको प्रशंसा गरेका थिए ।