0 COMMENTS

 रमिला बस्नेत, उदयपुर असाेज २७ । सहिद प्रहरीलाई स्मरण र उनीहरुको परिवारलाई सम्मान गर्दै उदयपुरमा ६२ औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा एक विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो ।

कुलप्रसाद पाण्डे

समारोहमा विभिन्न सहिद प्रहरीको स्मारकमा माल्यार्पण गर्दै स्मरण गरिएको थियो भने परिवारका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै प्रहरी संगठनमा असल काम र कुशल कर्तव्यपालक प्रहरीहरुलाई पुरस्कृत पनि गरिएको थियो । पुरस्कृत हुने प्रहरीहरुमा प्रहरी नायव निरिक्षकद्वय बुद्धिमान चोम्वाङ र शंकर खतिवडा, प्रहरी हवल्दारत्रय सुरेन्द्र लम्साल, कुलप्रसाद पाण्डे र भविन्द्रबहादुर सुवेदी तथा प्रहरी जवानद्वय राजेशकुमार राउत र सन्देश तामाङ रहेका छन् । उनीहरुलाई जनही एकहजार नगदसहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी दिवसको अवसरमा प्रहरीद्वारा आयोजित जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । प्रतियोगिताका ए डिभिजनतर्फ प्रथम हुने बलबहादुर कार्की र दिपक राईको जोडी, दोस्रो हुने ताराचन राई र गोविन्द थापाको जोडी, तेस्रो हुने रुबेन राई र धनकुमार श्रेष्ठको जोडी तथा हिमाल श्रेष्ठ र सरोज खवासको जोडीलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै बी डिभिजनतर्फका प्रथम बेल्टारका भेषराज मगर र एकराज मगरको जोडी, दोस्रो पुरनचन्द भट्ट र प्रकास बस्नेतको जोडी, तेस्रो यमन दनुवार र तुला मगरको जोडी तथा राजेश चौधरी र इश्वरीदत्त भट्टको जोडीलाई पनि उही परिमाणमा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताका रेफ्री, प्रायोजकलाई पनि कदरपत्र प्रदान गरिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्य, नेपाली सेनाको रणसार्दुल गण बोक्सेका गणपति राजेन्द्र पाण्डे, सशस्त्र प्रहरी त्रियुगा गुल्मका प्रमुख डिएसपी पुरनचन्द भट्टको विशेष आतिथ्य तथा विभिन्न संघसंस्था, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको आतिथ्यमा समारोह भएको थियो । कार्यक्रममा भुतपूर्व प्रहरी, सहिद परिवार, पत्रकार, व्यवसायी, व्यापारी, बुद्धिजिवि, खेलाडी लगायतको सहभागिता थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय कटारी, बेल्टार, रामपुर ठोक्शिलाका इन्चार्जका साथै विभिन्न सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।