0 COMMENTS

उदयपुर२७असाेज०७४/ उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा अर्को कभर्ड हल निर्माण भएको छ ।

राष्ट्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति उदयपुरको समेत संयुक्त लगानीमा जिल्लामा दोस्रो कभर्ड हल निर्माण निर्माण भएको कुरा जिल्ला खेलकुद विकास समिति उदयपुरले बताएको छ ।

अब कवर्डहल निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण यही मंसिरबाट नै नयाँ कवर्डहल सुचारु गर्न लागिएको समेत जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताउनुभएको छ ।

नयाँ कवर्डहलमा करिब २०० खेलाडी एकैचोटी खेलमा अटाउन सक्ने क्षमताको रहेको छ । झण्डै रु १६ लाख राखेपको र अन्य रकम जिखेविस तथा अन्य आर्थिक स्रोतसमेत संकलन गरेर उक्त कवर्डहल निर्माण भएको जिखेविस उदयपुरले बताएको छ ।

अर्को कवर्डहल उदयपुरमा १८÷२० वर्षअघिनै निर्माण भएको भएता पनि उक्त कवर्डहलको क्षमता सानो भएको र खेलाडीको संख्या दिनानुदिन बढ्दै गएपछि अर्को ठूलो कवर्ड हल निर्माण भएको जिखेविस उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।