0 COMMENTS

काठमाडौं २७असोज०७४/अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ ।

रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि त्रिपक्ष्ीाय सम्झौतापत्रमा आइजेटएसएफका अध्यक्ष तथा इरानका निवर्तमान उपराष्ट्रपति डा।मोसिन मेरालिजाहेद, नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरेका हुन्।आजको नागरिकमा खबर छापिएको छ ।

सम्झौता अनुसार रंगशाला निर्माणका लागि विस्तृत प्रतिवेदन(डिपिआर) तयार भएपछि उक्त डिपिआरबाट देखिन आउने कुल लागतको ७५ प्रतिशत रकम आइजेटएसएफले र बाकी २५ प्रतिशत रकम नेपाल जोरखाने खेलकुद संघले व्यहोर्न छ । रंगशालाका लागि कीर्तिपुर नगरपालिकाले कीर्तिपुर गेटको पूर्वपट्टीको खेल मैदानको जग्गा उपलब्ध गराउने छ।मेरालिजाहेद नेपालले अन्तर्राष्ट्रिय जोरखाने खेलमा छोटो समयमा नै हात पारेको उपलब्धि प्रसंशनीय भएको भन्दै उनीहरूलाई सहयोग गर्न पाउँदा हर्षित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।