0 COMMENTS

काठमाण्डाै२७असाेज०७४/काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ ।३ करोड २५ लाखमा सो दरबार भत्काउन लागिएको हो । काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि बढाइने भएको छ ।

पुरातत्व विभागले रेट्रोफिट गर्न अध्ययन गरिरहेका बेला महानगरले दरबार भत्काउन लागेको हो । दरबार भत्काएपछि त्यहाँको सम्पूर्ण सामाग्री ठेकेदारले नै लैजाने भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।महत्वपूर्ण सामाग्री रहेको सो दरबारको पुरातात्विक सामाग्री ठेकेदारलाई दिने भए पछि उक्त दरबारको पुरानो संरचना नै नष्ट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।