0 COMMENTS

काठमाण्डाै२७असाेज०७४/   नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।

सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंग मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा, लेखिएका थुप्रै संकेत भेटिन्छन् ।
ती संकेत टापैको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ ।आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्तो टोपी सुरक्षाकर्मीले बर्षौदेखि प्रयोग गर्दै आएका छन् ।उनीहरुले यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गरिाउने काम भएको छ ।संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् ।एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा लेखिएको पाईएको छ । , यो खबर आजकोनागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।