0 COMMENTS

काठमाडौं, २६ असोज । १० सेन्टको बिटक्वाइनलाई ४ हजार लिएर डलरको कारोवार गराउनेहरुको गर्धन पक्रला भनेको त सिआइवीले भरियालाई पक्रेर अँध्यारो कोठमा बसेर हुण्डी र बिटक्वाइनको कारोवार गर्ने मालिकहरुलाई सतर्क पारिदिएको आरोप लागेको छ । बुधवार सिआइवीले सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्त प्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरीलाई पक्रेर सोधखोज गरेको हो तर स्रोत भन्छ– यिनीहरु खेताला, कमिशन एजेन्ट र भरियामात्र हुन् ।

बिट क्वाइनको असली खेलाडी हुण्डीकिङ रहेका मारवाडीहरु छन् । यसमा केही ट्राभल एजेन्टहरु पनि रहेका छन् ।डिआइजी पुष्कर कार्की भन्छन्– बिटक्वाइनको जरा उखेलिन्छ ।१३ लाख डलरसम्मको डिजिटल कारोवार गर्नेहरुको हाँगा समातेर जरा उखेल्ने डिआइजीको करामत देखिएला जस्तो छैन है ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।