0 COMMENTS

काठमाण्डाै२६असाेज०७४/अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका भोजराज शर्मा पौडेल  पक्राउ । अपहरण तथा शरीर बन्धक मुद्दामा हालसम्म फरार रहेका  नेपालगन्ज न.पा.वडा.न.१६ सुर्खेत रोड घर भई हाल काठमाण्डाै महानगरपालीका वडा.नं.५ बिशालनगर बस्ने बर्ष ५९ का भोजराज शर्मालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मिति अाज बिशालनगर  बाट पक्राउ गरी जिल्ला अदालत ललितपुर मा पेश गरिएको छ ।

 भोजराज शर्माले भाइबुहारी सबिना कार्कीलाई पिडितका पती  बाँके, नेपालगन्ज न.पा.वडा.न.१६, सुर्खेतरोड घर भई हाल काठमाण्डाै महानगरपालीका  वडा.नं.१९ सामाखुशी बस्ने बर्ष ५५ को नरेन्द्रराज शर्मा पौडेल समेत ६ जना ब्यक्तिहरुले सामाखुशी स्थित डेराबाट अपहरण गरी ललितपुर नक्खु स्थित फेथ सुधारकेन्द्रमा लगि बन्धक बनाई राखेको र  २०७३ असार२१ गते दिउंसो  काठमाण्डौंबाट नेपालगन्ज लैजाने क्रममा थानकोटबाट पीडित सबिना कार्कीलाई प्रहरीले उद्दार गरेको थियो । सोही मुद्दाका प्रतिवादीहरु मध्येका नरेन्द्रराज शर्मा पौडेललाई यस अघि नै मिति २०७३असार२३ गते ललितपुर प्रहरीले पक्राउ गरी जिल्ला अदालत ललितपुरको आदेश बमोजिम निज हाल नख्खु कारागारमा पुर्पक्षको लागि थुनामा रहेका छन् ।

 

   

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।