0 COMMENTS

काठमाडौँ, २५ असोज०७४/ राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत कर्मचारीका तर्फबाट बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन लाख २५ हजार ७५१ जम्मा गरिएको छ ।

राससमा कार्यरत कर्मचारीको मासिक तलवबाट कट्टा गरेर सो रकम कोषको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा रहेको खातामा जम्मा गरिएको हो ।

राससमा कार्यरत कर्मचारीका तर्फबाट यसअघि विसं २०७२ वैशाख १२ गतेको भूकम्प पीडितका लागि पनि मासिक तलवबाट रकम कट्टा गरी कोषमा जम्मा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।