0 COMMENTS

काठमाण्डाै२५असाेज०७४/  आगलागीको जोखिम बढ्दै गएको राजधानीमा निर्माणाधीन मेलम्ची आयोजनाबाट थोरै भए पनि राहत हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाएको छ ।

सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइका प्रमुख तिरेश खत्रीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ चक्रपथभित्र विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए ।

उनका अनुसार राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र तीन सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गर्न लागेको हो । कतिपय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापनाको काम सम्पन्न भइसकेको बताउँदै उनले राजधानीमा मेलम्चीको पानी वितरण सुरु भएसँगै काठमाडौँ उपत्यकामा आगलागी नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।, यो खबर आजकोगोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।