0 COMMENTS

काठमाडौँ, २४ असोज ०७४/ एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ ।

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आउनुभएको छ । उहाँहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।