0 COMMENTS

काठमाण्डाै२४असाेज०७४/ नेपाली कांग्रेसका पूर्व सांसद जगदीश शम्शेर जवराको निधन भएको छ ।८८ वर्षीय जगदीश शम्शेर जवराको हिजो भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको कांग्रेस स्रोतले जनाएको छ ।

काठमाडौँको बबरमहलमा जन्मिएका राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गर्नु गरेका थिए । विसं २०१५ को आम निर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए ।

गोरखा परिषदको केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका राणा विसं २०१७ सालको कू पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

२०४६ सालको आन्दोलन पछि विसं २०५० मा उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए ।राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । उनी मदन पुरस्कारबाट समेत सम्मानीत भउका छन् । राणाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।