0 COMMENTS

काठमाडौँ २३असाेज०७४/ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मिनभवनको सडकमा प्रदर्शन गरिरहेका निर्माण व्यवसायीहरुलाई आश्वासन दिँदै काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले सो कुरा बताएका हुन् ।उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल पनि बरामद गरेको धानुकले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप लामा रहेका छन् । उनीहरु रोशी नगरपालिका ४ का वासिन्दा हुन् । उनीहरु जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् ।

यसैबीच, मिनभवनमा गृहमन्त्री जर्नादन शर्माविरुद्ध सडकमा नै बसेर निर्माण व्यवसायीहरुले नाराबाजी गरेपछि अस्पताल जान लागेका उनी सुरक्षाको कारण देखाउँदै बीच बाटोबाटै फर्किएका थीए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।