0 COMMENTS

झापा, असोज २३ । झापामा डेंगु रोगीको संख्या बढ्दै गएको छ । झापामा मात्र पछिल्लो समय ३६ जना डेंगु रोगी फेला परेका छन् ।

बिर्तामोडका हस्पिटलमा ती विरामी फेला परेका हुन् ।जिल्लामा डेंगुको संक्रमण फैलिएको जनगुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिर्तामोडका विभिन्न अस्पतालमा ‘सर्भिलेन्स’ गरेको थियो ।

त्यसक्रममा सो तथ्याङ्क प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए ।डेंगु संक्रमण बढेपछि नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले विर्तामोड नगरपालिकासँग सहकार्य गरी अभियान थालेको छ ।अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा लामखुट्टेका लार्भा नष्ट गर्न शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।