0 COMMENTS

पाल्पा, २३ असोज ०७४/ पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा दशैँको अवधिमा रु सात लाख भेटी संकलन भएको छ ।पाल्पाको प्रसिद्ध सेनकालीन भैरव मन्दिरमा पूजा गर्ने भक्तजनले चढाएको भेटी र अन्यबाट गरी रु सात लाख संकलन भएको हो । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिरमा कुखुरा, बोका रागोलगायतका बली चढाउँदा केही शुल्क तिर्नुपर्ने व्यवस्था छ । कुखुरा, बोका र रागोको टाउको बिक्रीबाट समेत मन्दिरको आम्दानी हुने गर्दछ ।

पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । विसं २०१४ सालमा तत्कालीन राजा महेन्द्र दर्शनका निम्ति यहाँ आएपछि यसको महत्व झन् बढ्दै गएको स्थानीय बासीले बताए ।

विश्वको सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ ।

मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् ।

दैनिक रु ५०० देखि १० हजारसम्म मन्दिरमा आम्दानी हुने व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र नेपालले बताउनुभयो । तानसेन हार्थोक सडकखण्डअन्तर्गत भैरवस्थानमा दशैँको अवधिमा ४० हजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको अध्यक्ष नेपालको भनाइ छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।