0 COMMENTS

 रमिला बस्नेत , उदयपुर,असाेज २३/उदयपुरकाे बेलका नगरपालिका २ स्थित मिलनचाेकमा रहेका धामी अम्बर बहादुर कार्कीले   कुनैपनि ठाउँमा निकाे नभएको राेगहरु निकाे बनाएका स्थानीय बासीहरू बताउछन।

२००५ सालमा भाेजपुरकाे भुल्के ९ मा अामा दुर्गा माया र बुवा लाल ब.कार्की का छाेरा धामी अम्बर बहादुर कार्कीकाे  यतिबेला उदयपुरमा चर्चा हुने गरेको छ। कार्किले  डाक्टरले पनी निकाे पार्न नसकेकाे बिभिन्न प्रकारका  राेगहरु पुर्णरूपमा नीकाे पारेपछि उन्काे चर्चा चलेको हाे। कार्किले   बिभीन्न खाले  पुराना तथा नया  राेगहरु लार्इ  अविश्वासिलाे पाराले निकाे पारिदिएकाे भन्दै उनकाे बिधीले राेगकाे निधान गरेकाे भन्दै  अहीले  १०३ जना चेला,चेलीहरुले धामि कार्किका अनुसरण गरीरहेका छन। करिब २४ जिल्लाका बिरामीहरुका बिभीन्न प्रकारका राेगहरू नीकाे  भएपछि उनका  अनुयायीहरू बढेकाेकुरा धामि  अम्बर बहादुर कार्कीले हामीलाइ  जानकारि दिएका हुन ।

कार्किले अाफुले निर्माण गरेका मन्दिरमा सबै जातजातीहरुलाई समेटिएको छन  साथै अाफुले सबैको राेगकाे उपचार  झारफुक बाटनै नीकाे बनाउदै अाएकाेकुरा  बताएका छन । सुन्दा अचम्म लाग्ने तर वास्तविक यहीँ रहेको उनका अनुयायीहरुले समेत बताउने गरेकाछन् । धामीझाँक्री र झारफुकमा अविश्वास गर्नेहरु समेत अचम्मित हुदै अाउने गरेको समेत कार्कीले बताएका छन् ।

त्यस्तै अझैपनि कतिपय ठाउँहरुमा मानिसलाई बाेक्सिकाे अाराेप लाउने गरेको पाईन्छ । कार्कि भन्छन् कतै बाेक्सि छन् कि भनेर धेरै खाेजे तर बाेक्सि हुदैनन। बिधुवा तथा गरिब महिलाहरुलाई हेपेर बाेक्सि भनिन्छ। याे कुप्रथालाई सञ्चारकर्मिहरुले पनि हटाउन पहल गर्नुपर्छ। हामी सबै मानव हाैँ,देउता सबैका हुन्।त्यसैले ४ जात ३६ वर्ण सबैले मन्दिरमा पुजा गर्न पाउनुपर्छ। उन्का चेला पुस्प भण्डारी धामि झाक्रिमा पटक्कै बिश्वास नगर्ने मान्छे ,अहिले धामि कार्किलाई जीवन दाता मान्छन् । भण्डारी चाैँदण्डि नगरपालिका सिर्वानि का बासिन्दा हुन। अाज भन्दा ६ बर्ष अगाडि पुस्प भण्डारीकाे शरीर पुरै कालाे हुने कतै नदुख्ने तर हिन्न नसक्ने समस्या देखियपछि परिवार तथा छिमेकिले कालाे टि.भि काे सङ्का गरि विभिन्न अस्पताल पुराउदा पनि ठिक नभएपछि धामि कार्किलाई देखाउदा ठिक भएकाे भण्डारिले हामीलाइ जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।