0 COMMENTS

उदयपुर २२असाेज०७४/ जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध कारोबारीका मुख्य २ नाईकेसहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले वरामद लागुऔषध र पक्राउ परेका सबैलाई सार्वजानिक गरेका थीए  ।

प्रहरीले शनिबार राती ११ वजेको समयमा जिल्लाभरका सेवनकर्तालाई विक्री गर्ने त्रियुगा नगरपालिका १० बोक्से घर भई वडानं ११ मा बस्दै आएका ३० बर्षीय पेशलकुमार घिमिरेलाई ठुलो परिणामको लागुऔषधसहित पक्राउ गरेको हो ।

घिमिरेको साथबाट प्रहरीले ३४ एम्पुल डाईजाल्याव, ३५ एम्पुल फेनरागन, ३४ एम्पुल लेवल नभएको फेनरागन, नगद ३ हजार २ सय रुपैयाँ र एलवाईएफ मोवाइल सेट १ थान बरामद गरिएको प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

त्यसैगरी छिमेकी मुलुक भारतबाट सिरहा हुँदै उदयपुर जिल्लामा सप्लायर्सको काम गर्दै आएका सिरहा जिल्लाको लाहान नगरपालिका ३ का १९ बर्षीय राजु भनिने राजकुमार यादवलाई आईतबार दिउँसो १ बजे लागुऔषध पेन्टीभित्र राखेर ल्याउँदै गरेको अबश्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले २५ एम्पुल डाईजाल्याव, २५ एम्पुल फेनरागन, २५ एम्पुल लेवल नभएको फेनरागन पेन्टिभित्र लुकाएर जिल्लाका व्यापारी घिमिरेको घरमा लैजाँदै गरेकोअबश्थामा नगद ८ हजार ४ सय ३० रुपिँया र नोकिया मोवाइल सेट १ थानसहित बरामद गरिएको हो । योसँगै साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका एसपी भट्टले लागुऔषधविरुद्धको कारवाही चलाउँदा ४९ जनालाई पक्राउ गरी २३ वटा मुद्दा दर्ता गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।