0 COMMENTS

मलेखु, धादिङ, २२ असोज०७४/   दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।

घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।