0 COMMENTS
गङ्गा कर्माचार्य पौडेल

“ए ! नम्रता मलाई खिर पकाइदेउन साहै् खान मन लाछ” बृद्ध चेतकान्तले बुहारीलाई भने ।“खिर पकाउने दुध काहा पाउनु नि? विहान ल्याएको दुध बावुले

खाइसक्यो । फेरि बीरामी मान्छेलाई के खिर खान मन लाइरा होला कुन्नी सुरुवालमै दिसागर्नलाई बेकारमा” झर्केर भनिन् नम्रताले । “अहिले मेरो पेट सन्चो भाछ क्या । बरु मैले टया्ङ्का भित्र सेतो टालोमा नोठ बेरेर राख्याछु , त्यहि झिक र दुध किनेर ल्याउ” । “ए ! त्यो पैसा ? त्यो त मैले अस्तीनै झिकेर चलाई सकें” ।

बुहारीको जवाफ सुनेर चेतकान्त केटाकेटी जस्तै डाको छोडेर क्वाा क्वाा रुदै भने “मैले खार्इृ नखाई बीरामी पर्दा चाहिन्छ भनेर पैसा राखेको थिए । मेरो पैसा लेउ अरुलाइनै किन्न पाठाउछु दुध” । “कस्तो कचकच गर्न सक्याहोला ?”भनेर नम्रता गन्गनाउादै छिमेकीको घरतिर गइन् ।

साझ छोरा आएपछि चेतकान्तले गुनसो पोखे । “गोरु बुढोभए भीर खोज्छ, मान्छे बुढो भए निहु खोज्छ ”भनेको साच्चै रहेछ ।तपाई अचेल धेरै कराउन थाल्नुभाछ भनेर उल्टै झपार्‍यो उसले । ८५ वर्षको उमेर देखि पत्नी वियोग खपिरहेका ९२ वर्षिय बृद्ध चेतकान्तले आफ्नै सन्तानबाटै दुव्र्यवहार सहादै आएका थिए । त्यसदिनको वचन बाणले उनको मुटु झन् छियाछिया पार्‍यो ।उनी केही नखाई रुदै ओछयानमा पल्टीए ।त्यसपछि बुहारीलाइ फेरि खिर पकाईदेउ भन्न कहिल्यै

उठेनन् । बाबु ज्यूदो छादा श्रद्धा नगर्ने चेतकान्तका छोराले अहिले हरेक वर्ष तिथी सोह् श्राद्धमा बुवालाई भनी खिरपकाएर पिण्ड चढाउने गरेका छन् । श्राद्ध गर्ने

यो कस्तो चलन हो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।