काठमाण्डाै२१असाेज०७४/ मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् ।जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् ।जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।
प्रतिक्रिया दिनुहोस्