0 COMMENTS

काठमाडौं २०असाेज०७४/ केही अनलाईन सञ्चार माध्यमहरुले नेपालको वर्तमान राजनैतिक घटनाक्रमको सन्दर्भमा नेपाली सेनाको अनौपचारिक धारणा भनी समाचार सम्प्रेषण गरेको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले एक बिज्ञप्ती जारी गर्दै सेनासँग जोडिएर आएका समाचार असत्य रहेको भन्दै खण्डन गरेको छ ।सेनाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ –‘नेपाली सेना नेपालको संविधानप्रति सदा प्रतिबद्ध, देश र जनताप्रति समर्पित, इमान्दार, बफादार तथा गैह्र राजनैतिक व्यवसायिक सैनिक सङ्गठनको रुपमा ईतिहास कालदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको सर्वविदितै छ । हालै केही अनलाईन सञ्चार माध्यमहरुले वर्तमान राजनैतिक विषयवस्तुसँग जोडी नेपाली सेनाको विशुद्ध व्यवसायिक तथा ऐतिहासिक छबिमा नै आँच पुग्ने गरी सम्प्रेषण गरेका समाचारहरु निराधार तथा तथ्यहीन नभएको व्यहोरा स्पष्ट गर्दै यस प्रकारको तथ्यहिन समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।’साथै बिज्ञप्तिमा नेपाली सेना नेपालको संविधान, नेपाली जनता तथा आफ्नो गौरवमय ऐतिहासिक परम्पराप्रति प्रतिबद्ध रहेकोे पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।