0 COMMENTS

काठमाडौं २०असाेज०७४/ नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी ब्याङ्केटमा भएको पार्टी प्रवेश कार्यक्रममा आफ्नो जिन्दगीमाथि पनि ठूलो राजनीति भएकाले त्यसको उत्तर दिन कालागी पनी अाफुले राजनीति थालेको उनको जिकिर थियो। आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन एमालेको राजनीति रोजेको उनको दाबी छ।

आफ्नो मत्नव्यको सुरुवातमा पूर्वडिआइजी सिलवालले रुसी कम्युनिष्ट नेता लेनिनको भनाइ उदृत गरेका थिए- राजनीतिलाई तपाईँले हस्तक्षेप गर्न सक्नुभएन भने राजनीतिले तपाईँलाई हस्तक्षेप गरिदिन्छ।पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए ।उनी एमाले प्रवेश गरेपनि उनको राजिनामा भने स्वीकृत भइसकेको छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।