0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असाेज २०/नेपालको विभिन्न जिल्ला मा सकारात्मक परिवर्तनका लागि युवा अावाज गाउँ चिनाअाै केन्द्र सम्म देश चिनाअाै सम्म भन्ने मुल नाराबाट सुरुभएकाे कीर्तिमानी युवा संघ नेपाल शाखा झापा गठन भएको छ ।

अध्यक्षमा कमल कटुवाल सर्वसहमत निर्वाचित भएका छन् यस्तै उपाध्यक्षमा टिकाराम बि.क महासचिवमा सुवास वि.क यस्तै सचिव पदमा मिरा मगर काेषाध्यक्षपदमा जाेस्ना बस्नेत निर्वाचित भएको हुन सदस्यहरुमा क्रमशः सुदिप लिङथेन ,विनोद बस्नेत ,दिप नेम्वाङ राेनहाङ राई सहित नाै सदस्य जिल्ला शाखा झापा गठन भएको कीर्तिमानी झापा अध्यक्ष कमल कटुवालले जानकारी दिएका हुन ।

नेपालमा केही फरक काम गरेका र नेपालीको शिर विश्व माझ ठाडो सिर बनाउने युवाहरू र यस्तै लुकेर रहेका कला प्रतिभालाई पहिचान गर्ने समुह भनेर पनि बुझ्ने गरिन्छ । कीर्तिमानी युवा संघ नेपाललाई अहिले नेपाल भर तथा विश्वभर छरिएर रहेका नेपाली प्रयाय यश संगठन प्रति बढ्दो अाकर्षण रहेको केन्द्रीय अध्यक्ष तथा विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीले बताएका छन् । कार्कीका अनुसार हामीले गर्ने सकारात्मक काम अनुसार युवाहरूको अाकर्षण भएको हुनसक्ने अध्यक्ष कार्की बताउँछन् । अहिले कीर्तिमानी संग्रहालय लगाएत विषयमा छलफल तथा बहस चलिरहेले समेत सबै पक्षले यश विषयमा चासो दिन अावस्यकता भएको कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।