0 COMMENTS

 गुल्मी२०असाेज०७४/ नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिले अागामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस गरेकाे छ। दुई जना प्रतिनिधि सभाकाे लागि पाँच जनाकाे नाम शिफारिस भएकाे छ। जसमध्ये गुल्मी एकमा चन्द्र भण्डारी र कृष्ण छन्त्यालकाे नाम शिफारिस भएकाे छ।

त्यस्तै दुईमा रुद्र भण्डारी शालिक पन्थी र चन्द्र केसीकाे नाम शिफारिस गरिएकाे छ। गुल्मी रेसुङ्गा, मुसिकाेट इस्मा प्रदेश सभामा कांग्रेस युवा नेता कृष्णप्रसाद सापकोटा शिफारिस भएका छन्। वाम पन्थीहरु एक हुदाँ कांग्रेसलाई थप बल पुग्ने बताउदै अाएका सापकाेटा तरुण दल विभागिय उपप्रमुख भएर जिम्मेवारी बहन गरिसकेका छन्। कांग्रेस भातृ संगठन तरुणदल र नेविसंघलाई कृयशिल बनाउन सापकाेटा लामाे समयदेखि सक्रिय छन्।

सानै देखि सामजिक काममा चासो दिने सापकोटा २२ वर्षकै उमेरमा गाविस उपाध्यक्ष बनेका थिय। नेपाली काङ्ग्रेसको नेतृत्वले नै मुलुकलाई सहि दिशा दिन सक्ने धारणा राख्ने सापकोटाको बाम धुर्विकरणलाई सहज रुपमा सामना गर्ने शक्ति काङ्ग्रेस संग मात्रै छ र सम्यम भएर चुनाब जित्नेमा आत्मविश्वास छ । त्यस्तै याे क्षेत्रबाट प्रदेश सभाकाे लागि कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी क्षेत्रीय सभापति भगत खण्का र पुर्व सभापति दामाेदर भुषालकाे नाम पनि शिफारिस भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।