0 COMMENTS

भक्तपुर, २० असोज ०७४/ आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस भक्तपुरले ८२ उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेको छ ।

पार्टीको नगर समिति, क्षेत्रीय समितिले सिफारिस गरेको नामावलीमा जिल्ला समितिको बैठकले उम्मेदवारको आकांक्षीको केही नामावली थप गरी केन्द्रमा सिफारिस गरेको काँग्रेस भक्तपुरका सचिव उद्धव सिलवालले जानकारी दिनुभयो ।

काँग्रेसले भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ बाबुराजा जोशी, नवराज दाहाल र यादवप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा समानुपातिकतर्फ अम्बिकादेवी झा, सुभद्रा काफ्ले, पुरुषोत्तम लामिछाने र गणेशकुमार प्रजापतिको नाम सिफारिस गरिएको सिलवालले जानकारी दिनुभयो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कविर राणा, सांसद रामेश्वर ढुङ्गेल, माथवरसिंह बस्नेत, भेषबहादुर कार्की र सांसद मनमोहन भट्टराईको नाम सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा समानुपातिकतर्फ रामप्रसाद दवाडी, अच्युतप्रसाद मिश्र र गौरी खड्का केसीको नाम सिफारिस भएको छ । यता प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र नं १ चाँगुनारायणमा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जीवन खत्री, प्रवीण वन, कृष्णलाल भँडेल, मनोजकुमार थापा, धर्मराज थापा मगर, सुरेश श्रेष्ठ, किरण न्यौपाने र यज्ञविक्रम थापाको नाम सिफारिस भएको छ ।

सोही प्रदेशसभाका लागि समानुपातिकतर्फ सरु बानियाँ, हरिप्रसाद नेपाल, विजेश अवाल, शंकरप्रसाद गौतम, रुपा थापा, शिवप्रसाद मुनकर्मी, राधा कार्की, गंगालक्ष्मी अवाल, संगीता फुयाँल, विजयालक्ष्मी सुवाल, सावित्री लामिछाने र सानुमान लामा तामाङ्गको नाम सिफारिस भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशमा प्रत्यक्षतर्फ रवीन्द्र प्रधान, नारायणप्रसाद तमखु र अनिल भुजूको नाम सिफारिस भएको छ । सोही प्रदेशसभाका लागि समानुपातिकतर्फ रजनी जोन्छे, दयामान कर्माचार्य, रमा शिल्पकार, रञ्जना कक्षपति, सुन्दर भेले, धर्मरत्न खाइतु, किरण शिल्पकार र सुरेशराज भण्डारीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं १ सूर्यविनायकमा प्रत्यक्षतर्फ पार्टी सचिव उद्धव सिलवाल, क्षेत्रीय सभापति नारायण खायमली, अंगद खड्का, सुशीला बस्नेत, कृष्णमुरारी न्यौपाने, रामगोपाल न्यौपाने, शंकर केसी, विदुरमानसिंह बस्नेत, विनोद ढुङ्गेल र सुनिल ठकुरीको नाम सिफारिस भएको छ । सोही प्रदेशमा समानुपातिकतर्फ राजनकाजी त्वाती, पूर्ण नेपाली बिसुङ्खे, रोजी बिसुङ्खे, शशी बस्नेत, नीलकमल ध्वजू, सावित्री कार्की, ललिता धिताल पोखरेल, विजया शर्मा कोइराला र हीरालक्ष्मी कोजूको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं २ मध्यपुरथिमिमा प्रत्यक्षतर्फ पूर्वसभापति गणेशमान चक्रधर, सन्तोष भट्टराई, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, मध्यपुरनगर सभापति सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, गोकुल शर्मा, केदार खड्का र गणेशमान कुटुको नाम सिफारिस भएको छ ।

सोही प्रदेशमा समानुपातिकतर्फ जीवन सिंजापति, उर्मिला वन, सीताराम दुगु, ओमप्रकाश श्रेष्ठ, भगवती अधिकारी र कल्पनादेवी पोखरेलको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।