0 COMMENTS

गुल्मी २०असाेज०७४/ मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–१ थामडाँडास्थित कोदोवारीमा अन्दाजी ३५ वर्षिया ‘गुल्मी ४७ ( एस ) ’नाम परिवर्तित महिलालाई वलात्कार गरेको अभियोगमा ५ युवालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आज (शुक्रबार) जिल्ला अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘हामीले कतै सुचना पाएर गएका होईनौ, गस्ती गर्ने क्रममा त्यस स्थानमा कुनै न कुनै प्रकारको अपराध भएको पाएपछि तलासी गर्दै जाँदा ति महिला बलात्कारको शिकार भएको पाएपछि अभियुक्त युवा पाँच जनालाई पक्राउ गरेका हौं , डिएसपी थापाले भने–‘आजै अदालतमा म्याद थप गरी अन्ुसन्धान अगाडी बढाएका छौं । ’
उनका अनुसार बलत्कार अभियोगमा म्सिकोट नगरपालिका वडा नम्वर–१ ढाँडा निवासी वर्ष १६ का बुद्ध नेपाली , सोही उमेरका रेशम नेपाली , सुरेश नेपाली , वर्ष १८ का हरि खत्री र वर्ष २४ का ध्रुव थापा पक्राउ परेका हुन् । प्रहरीका अनुसार ति महिला मानसिक सन्तुलन गुमाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।