0 COMMENTS

भक्तपुर२०असाेज०७४/ भक्तपुरमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा भक्तपुरको क्वाथन्डु टोलस्थित नासंचा धिमे खलः पहिलो भएको छ । कीर्तिपुरको नगाउँस्थित बालकुमारी धिमे खलः दोस्रो तथा मध्यपुर थिमिको सिवाः सायिम खलः मचा पुचः तेस्रो भएको हो ।

कार्यक्रममा उत्कृष्ट भएका प्रतियोगीहरुलाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले तामाको धिमे बाजा पुरस्कार स्वरुप प्रदान गरेका छन् । संस्था स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा मानन्धर व्यायाम मन्दिर भक्तपुरले बाजा प्रतियोगिता आयोजना गरेको हो । भक्तपुरको दतात्रयमा सम्पन्न धिमे बाजा प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरबाट निर्णायकहरु उपस्थित थिए । बाजाका प्रतिस्पर्धीहरुले प्रदर्शन गरेका ताल, बोल, शैली, पोशाकलाई आधार बनाएर निर्णायक मण्डलीबाट उत्कृष्टता मूल्यांकन गरिएको हो । निर्णायक मण्डलीमा जीवन्त सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति प्रमूख निर्णायकको रुपमा उपस्थित भए । कार्यक्रममा विभिन्न संघसंस्थाका २२ प्रतियोगीहरुले धिमे बाजा, भुस्याः, छुस्याः, ताः लगायतका मौलिक बाजा बजाएका हुन् । म्यूजिकल अर्केस्ट्राका निर्देशन विष्णुबहादुर मानन्धरले अन्य बाजाहरुसँगै लोपोन्मुख बाजा नगरा समेत बजाएका थिए । नौ बाजा अन्तर्गतको नगरा बाजालाई नेपालमा लोपोन्मुख बाजाको सूचिमा सूचिकृत गरिएको छ । पश्चिमा बाजा मध्ये ड्रम सेट जस्तै देखिने नगरा बाजालाई दुईटा लठ्ठीले बजाउने गरिन्छ । आयोजकले कार्यक्रमलाई दोस्रो उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता नामांकरण गरेको भएपनि नाटक, प्रहसन, सांगीतिक प्रस्तुती देखि म्यूजिकल अर्केस्ट्रा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।