काठमाडौं २० असाेज ०७४/नायक निर्माता तथा निर्देशक रोज राणा प्रदेशसभाको निर्वाचनका लागि अघी सरेका छन् । उनी प्यूठानको क्षेत्र नम्बर २ बाट प्रदेशसभाको निर्वाचनमा उमेद्वारी दिन अघि बढेका हुन् ।
नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्बर २ ले प्रदेश सभाका लागि उनी सहित ३ जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि सो क्षेत्रबाट सिफारिसमा राणासँगै प्यूठान जिल्ला सभापति अम्बर भण्डारी र कांग्रेस प्यूठानको पूर्वजिल्ला सभापति शालिकराम पण्डित समेत परेको प्यूठान कांग्रेसले जनाएको छ ।
सिफरिसमा राणाको नाम पहिलो स्थानमा राखिएको छ । राणा सोही क्षेत्रबाट नेपाली काग्रेसको महाधिवेसन प्रतिनिधी समेत चुनिएका थिए ।
नेपाली काग्रेसको राजनीतिमा धेरै पहिले देखि होमिएका रोज चलचित्र क्षेत्रका सफल निर्माता निर्देशक पनि हुन् । आधा दर्जन बढि चलचित्र निर्माण गरिसकेका रोजको निर्माण निर्देशन रहेको पछिल्लो चलचित्र ‘मेरो पैसा खोइ’ गत ११ गतेबाट प्रदर्शनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्