0 COMMENTS

बनियानी, झापा, २० असोज०७४/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा राजनीतिक दलले उम्मेदवार टुंगो लगाउनका लागि व्यस्त देखिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली काँग्रेसले झापाका तीनवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ भने दुईवटा क्षेत्रमा दुईभन्दा बढीको नाम पठाएको छ । झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेवेको नाम सर्वसम्मत सिफारिस गरिएको काँग्रेस झापाले जनाएको छ ।

त्यस्तै क्षेत्र नं २ बाट उद्धव थापा, सरिता प्रसाईं, सुधीरकुमार शिवाकोटी र राजेश खड्का तथा क्षेत्र नं ५ बाट केशवकुमार बुढाथोकी, डा खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम केन्द्रीय समितिमा पठाइएको छ ।

यसैगरी काँग्रेस झापाले प्रदेशसभा सदस्य निर्वाचनका लागि दश वटा निर्वाचन क्षेत्रमा २६ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) झापाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) सावा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत् रुपमा सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३८ जनाको नाम सिफारिस भएको उहाँले बताउनुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले पनि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं १ बाट बोधराज दाहाल र प्रकाश भण्डारी, क्षेत्र नं २ बाट सुरेन्द्रकुमार कार्की, क्षेत्र नं. ३ बाट धर्मशीला चापागाईं, मोहन टुडु र मेघप्रसाद रेग्मी, क्षेत्र नं. ४ बाट झलकसिंह दर्लामी र मणिकुमार साम्पाङ तथा क्षेत्र नं ५ बाट रेवतराज पुरी र राधिका ओझाको नाम सिफारिस गरिएको माओवादी केन्द्रका कार्यालय सचिव चुडेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २६ जनाको नाम सिफारिस गरेको उहाँले बताउनुभयो ।

माआवादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङले पार्टीको शीर्ष तहमा विभिन्न राजनीतिक दलहरुबीच तालमेलको कुरा भइरहेकाले केन्द्रको निर्देशन बमोजिम अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार छनोट गर्न क्षेत्रीय समितिको बैठक बोलाइएको जिल्ला सभापति अम्बरबहादुर विष्टले जानकारी दिनुभयो । क्षेत्रीय समितिको सिफारिसका आधारमा उम्मेदवार चयन गरी नाम केन्द्रमा पठाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।