0 COMMENTS

मोरङ २०असाेज०७४/ मोरंगको बेलबारीमा एक दलित किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीले चरम याताना दिएका छन् । उनिहरुले बालिकालाई हात बाँधेर मुखमा मोसो दल्नुकासाथै सिस्नु पानीले कुटदै चरम यातना दिएका हुन् ।

बेलबारी नगरपालिका २ देबी झोडामा स्थानीय ४५ बर्षिय दुर्गा चौधरी र ५० बर्षिय कुलदिप कुँवर लगायतले पैसा चोरेको आरोपमा स्थानीय परियार थरकी १४ बर्षिया बालिकालाई बिहिबार दिउँसो यातना दिएका हुन् । सुकुम्बासी परिवारकी ती दलित बालिकालाई पैसा चोरेको अराोपमा सार्बजनिक स्थलमा हात बाँधेर मोसो दलि सिस्नुले हिर्काउँदै चरम अमानबिय यातना दिँदै गर्दा गस्तिमा गएको इलाका प्रहरी बेलबारीको टोलीले देखेर उनको उद्धार गरेको थियो । प्रहरीले घटनामा संलग्न कुलदिप र दुर्गालाई पक्राउ गरेको जनाएको छ ।

यातनाबाट बालिकाको शरिर भरि निलडाम र चोट लागेको थियो । तर प्रहरीले तत्काल शरिरमा चोट नदेखिएको भन्दै उपचारमा नलगी यातना दिने दुई जनालाई मात्र पक्राउ गरेको थियो । तर यातनाबाट रातभरि बालिकालाई हनहनी ज्वरो आएपछि उनकी आमा संगीता पीडित छोरीलाई लिएर न्याय र उपचार खोज्दै बेलबारी थाना आएकी छ्न ।

सुकुम्बासी परिवारकी बालिका स्थानिय कबिर माबिमा कक्षा ६ मा पढ्ने बिद्यार्थी हुन् । उनका बाबु भारतको पश्चिम बंगाल स्थित सिलगुडीमा बसेर रोजगार गर्नेगर्छन । घरमा उनकी आमा संगीता परियार र ३ बर्षका नावालक एक भाई मात्र छन् । बालिकाले सात सय पचास रुपैयाँ चोरी गरेको छिमेकीको आरोप छ । तर, पीडित बालिकाले आफुले दिएको ऋण लिनुपर्ने भएकोले पैसा लिएको बताएकी छन् । जिल्ला प्रहरी मोरंगका प्रबक्त्ता डिएसपी बिष्णुहरि कोइरालाले शुक्रबार बिहान ११ बजे सम्म घटनाबारे आफुलाई जानकारी नआएकोले अमानबिय घटनाबारे जानकारी लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।