0 COMMENTS

विराटनगर, २० असोज ०७४/ राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ ।विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफुले पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।

उहाँले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन नसकेको उल्लेख गर्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे अब आफू सो पार्टीमा नफर्कने र नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत दिनुभयो ।

पार्टीले दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको आरोप पनि लगाउनुभयो ।उहाँले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।