0 COMMENTS

काठमाडौँ, १८ असोज ०७४/अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गर्नुभयो । छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, छन् ।

त्यसैगरी डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् ।

‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट टोलीमा अटाएका छन् ।

गत भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–१ गोलअन्तरले पराजय भोगेको थियो ।

त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।