0 COMMENTS

काठमाडौं १७असाेज०७४/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँशक्ति पार्टी सूर्य चुनाव चिन्ह नै लिएन निर्वाचनमा भाग लिने घोषणा गरेका छन् ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको सहमति घोषणा कार्यक्रममा सम्बोधन गर्दै ओलीले नयाँ शक्तिले अहिलेकै चुनावमा सूर्य चिन्हमा लड्ने बताए । उनले अन्य दलहरु पनि सूर्य चिन्हमै लड्ने गरी छलफल भइरहेको बताए ।

ओलीले सामान्य बहुमत अब आफूहरुको कुनै ठूलो कुरा नभएको दम्भका साथ अभिब्यक्त गर्दै आफूहरुको ध्यान दुई तिहाईति रहेकाउ उल्लेख गरे । एमाले अध्यक्ष ओलीले जस्तै आफूहरुका एकता अरु कसैका विरुद्ध नभएको दोहोर्याए ।ओलीले सम्बोधनका क्रममा कुनै पनि नेताको नाम नलिएर साथीहरु भन्ने सम्बोधन गर्दै पार्टी एकतामै जोड दिए ।

एमाले अध्यक्ष ओलीले आफूहरुको ठूलै मेहनतले सहमति सम्भव भएको पनि अवगत गराए । सहमति जुटाउन आफ्ना पार्टीका नेताहरु माधव नेपाल, बामदेव गौतम, झलनाथ सबै सबै ठाउँबाट लागेको पनि ओलीले उल्लेख गरे ।

ओलीले यहि बर्षमै बामपन्थी सरकार बन्ने पनि उद्घोष गरे । अब कम्युनिष्ट सरकार बन्न कसैले रोक्नै नसक्ने उनले घोषणा गरे । ओलीले मुलुक अब समृद्धिको बाटोमा अघि बढेको भन्दै दुःखका दिन गएकोसमेत टिप्पणी गर्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।