0 COMMENTS

काठमाडौं १७ असेज०७४/ नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ ।आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ । यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो ।बामदलहरुबीच कार्यगत एकता गर्दै आगामी निर्वाचनमा जाने तरखरमा लागेका दलहरु पार्टी एकता प्रक्रियामा नै अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।