0 COMMENTS

काठमाडौं १७ असाेज०७४/ राप्रपाले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनाबसँगै हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने माग गरेको छ । हिन्दुराष्ट्रको विषयमा जनताको अभिमत आवश्यक भएको भन्दै राप्रपाले जनदवाव सिर्जना गर्न आगामी असोज २३ गते देशव्यापी रुपमा जुलुस र सभा गर्ने निर्णय गरेको छ ।

उपत्यकास्तरीय कार्यक्रमको तयारी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको पहिचान भएकोले पहिचान रक्षाको निमित्त सबैले आबाज बुलन्द पार्नुपर्नेमा जोड दिए ।

राष्ट्रियता,प्रजातन्त्र, हिन्दुत्व र उदार अर्थतन्त्रको धरातलमा उभिएर स्वाधीन र समृद्ध नेपाल निर्माण सबैको साझा लक्ष्य र गन्तव्य हुनुपर्ने आवश्यकता औल्याउँदै थापाले देश र जनतालाई केन्द्रमा राखेर स्वाभिमान र स्वाधीनतालाई शिरमा राखि अघि बढ्नुको विकल्प नभएको बताए । सिद्धान्त, विचार र आदर्शप्रती प्रतिबद्ध हुँदै उच्च मनोवलका साथ निर्वाचनमा होमिन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजीत उपत्यकाका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल र नेपालीको भाग्य भविष्य कोर्ने र सुन्दर भविष्य निर्माण गर्ने जिम्मा राष्ट्रवादी नेपालीहरुको हातमा भएकोले निर्वाचन मार्फत त्यो काम सम्पन्न गर्न र जनतालाई सबै विषय स्पष्ट पार्नको निमित्त कार्यकर्ताहरुलाई जनताको माझ जानको निमित्त विलम्ब नगर्न समेत आग्रह गरे ।

कार्यक्रममा पार्टी उपाध्यक्षद्वय बुद्धिमान तामाङ र टंक ढकाल काठमाडौं जिल्ला अध्यक्ष नबराज सिंखडा, भक्तपुरबाट नरगोविन्द संखदेव, ललितपुरबाट निरन्जन थापा, युवा संगठनबाट अध्यक्ष प्रकाश रिमाल, महिला संगठनबाट यवती कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।