0 COMMENTS

काठमाण्डाै०७४ असाेज०७४/   सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता भोलीदेखि खुल्ने भएको नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार अवधि अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ। नोभेम्बर ७, २०1७ (२०७४ कार्तिक २१) बन्द हुनेछ ।

डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।

अमेरिकाले देशमा जनशक्तिको बृद्धिको साथै सामाजिक विविधिकरणको लागि भन्दै नेपालबाट पनि करिब १७ वर्ष अगाडिदेखि यो कार्याक्रम अन्तर्गत नेपालीहरुलाई अमेरिका ल्याउँदै आएको थियो । जसअन्तर्गत सन् २००२ देखि २०१६ सम्ममा ४३ हजार ५ सय ९२ जना नेपाली डिभी लोटरी जितेर अमेरिका गइसकेका छन् ।

अमेरिकाले यो प्रक्रिया अनुसार एक देशको ५० हजार जनशक्तिलाई भिषा दिएपछि यो लोटरी प्रक्रिया बन्द गर्ने गर्दछ । जसमा नेपालको केही हजार मात्र बाँकी रहेकोले यो प्रक्रिया अब धेरै वर्षसम्म नचल्ने प्रष्ट छ ।

के गर्ने डिभी भर्न ?

यदी तपाईसँग इन्टरनेटको सुविधा छ भने घरबाटै आफैंले डिभी भर्न सक्नुहुनेछ । त्यसको लागि यो www.dvlottery.state.gov वेभपेजमा जानुपर्ने हुन्छ । उक्त पेजमा सोधिएको सबै उत्तरहरु आफ्नो र भए परिवारको फोटो सहितको (साईज र फोटोको गुणस्तरको सुनिश्चिताको लागि पहिला सोही पेजमा देखाईएको उदाहरण चित्र हेर्नुहोस) सबै सहि विवरण भरेर आफैंले घरमा बसीबसी डिभी भर्न सकिन्छ ।

डिभी भर्नको लागि कुनै शुल्क लाग्दैन तथा कसैले पैसाको लोभमा पर्ने ग्यारेन्टी पनि दिन सक्दैन । एक पटक आफैंले भरेपछि आउने कन्फरमेसन नम्बर सुरक्षित राख्नुहोस् जुन पछि नतिजा हेर्नको लागि चाहिनसक्छ ।

के योग्यता चाहिन्छ डिभी भर्न ?

साधारणतया तपाईले विद्यालय तह अर्थात १२ कक्षा पास गरेको हुनुपर्छ । यदि तपाई श्रीमानश्रीमती हुनुहुन्छ । र, दुबैले १२ पास गर्नुभएको छ भने दुबैले छुट्टाछुट्टै पनि डिभी भर्न सक्नुहुने छ । र, १८ वर्ष मुनिका परिवारका सदस्यहरुको पनि एकै आवेदनमा समावेस गर्न सक्नुहुने छ ।यदि १२ पास गर्नुभएको छैन भने तपाईसंग विसेष सिप हुनु जरुरी छ । उक्त सिपको प्रमाण समेत चाहिन सक्छ । उदाहरणको लागि तपाईं राम्रो व्युटिसियन हुनुहुन्छ तर १२ पास गर्नुभएको छैन भने पनि भर्न सक्नुहुने छ ।

तर सीपको प्रमाणपत्र भने आवश्यक हुन्छ । न्यूनतम योग्यताबाहेक अरु केही नचाहिने भएको कारण पिएचडी गरेको छु मलाई डिभी परिहाल्छ भन्ने भ्रममा नपर्नुहोला ।

अर्को कुरा अमेरिकाले सबैलाई समान अधिकार दिने भएकोले तपाई शारिरीक अशक्त हुनुहुन्छ तर पनि योग्य हुनुहुन्छ भने डिभी भर्न सक्नुहुने छ ।

तपार्इं गम्भीर फौजदारी वा कानूनी झमेलामा हुनुहुन्छ  प्रहरीको विशेष सुचीमा हुनुहुन्छ भने चाँही नभरेकै राम्रो किनभने प्रहरी रिर्पोट हेरेर मात्रै डिभी परेपनि अमेरिकाले भिषा दिने र नदिने निश्चित गर्ने छ ।

परेपछि के गर्ने ?

नमात्तिने, संसारै जितेजस्तो नगर्ने । तपाईलाई डिभी पर्नेवित्तिकै अमेरिकाले भिषा दिँदैन । यो त तपाईँ छनौंट भएको मात्र हो । उक्त नतिजा पनि तपाईंले डिभी भरेकै पेजबाट प्राप्त गर्न सक्नुहुने छ । यदि तपाई छनौंट हुनुभयो भने दोस्रो प्रक्रियाको लागि अर्को अनलाईन फाराम भर्न सक्नुहुने छ ।

उक्त जानकारी पनि तपाईको छनौंट भएको पत्रमै देखाईएको हुन्छ । फाराम भरेपछि तपाईलाई अन्तरवार्ताको लागि पत्र आउने छ । उक्त पत्र ईमेलमा आउने समय पर्खिनुहोस । पत्र आईसकेपछि अन्तरवार्ताको तयारी गर्नुहोस् ।

सोही अन्तर्वार्ताबाटै तय हुनेछ तपाईले भिषा पाउने वा नपाउने भन्ने । याद गर्नुहोस्, तपाईले बुझाउने र भर्ने सबै विवरण सहि साँचो हुनुपर्ने छ ।

 अन्त्यमा,

 भनीन्छ अमेरिका सबैको सपनाको देश हो । तर डलर फल्ने रुखैरुख भएको देश अबश्य होईन । त्याहा जान लागि जति गाह्रो छ,  बस्न पनि उत्तिकै गाह्रो छ । तपाईलाई डिभी पर्यो भने पहिला आफूलाई योग्य बनाउनुहोस् ।

सबैभन्दा मुख्य कुरा तपाईको भाषा राम्रो हुनुपर्छ त्यसैले अंग्रेजीलाई राम्रो बनाउनुहोस । अर्कोकुरा तपाईमा कुनै विशेष योग्यता छैन भने कुनै सीप सिकेर  मात्र  जानुहाेस जुन त्याहा काम लाग्नेछ । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।