0 COMMENTS

काठमाण्डाै१७असाेज०७४/असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । जापानमा रहेका नेपालीले तिवारीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत तिवारीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । प्रहरीले तिवारीलाई नेपाल झिकाउन गृह मन्त्रालय गुहार्‍यो ।

गृहले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि पत्रसमेत लेख्यो । तर, जापानी प्रहरीले दुई देशबीच अपराधी बुझाउने कुनै कानुन नभएको भन्दै तिवारीलाई एक सातापछि छाडिदियो ।

तिवारीलाई नेपाल ल्याउन सकिएको भए धेरै महिलाले न्याय पाउँथे । प्रहरी मुख्यालयका अनुसार तिवारीविरुद्ध धेरै महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपसमेत छ ।प्रहरीको ‘मोस्ट वान्टेड सूची’मा परेका, अदालतले समेत वारेन्ट जारी गरेका र इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएका इयान ब्रेकर एथेन्समा पक्राउ परे पनि उनलाई नेपाल ल्याउन सकिएन ।हाल इन्टरपोल खोजीमा नेपालका १७ अपराधी रहेकाछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।