0 COMMENTS

मलेखु, धादिङ, १७ असोज ०७४/ जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ ।

सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरुको बैठकले २० टोली परिचालन गरी डेंगु नियन्त्रण गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको र केही बिरामी जिल्लामै उपचारका क्रममा रहेका छन् ।

डेंगु नियन्त्रणका लागि प्रत्येक घरमा स्वस्थ्यकर्मीको टोली पुग्ने र लामखुट्टे बस्ने ठाउँको अवलोकन गरी विषादी छर्ने गरी स्वास्थ्यकर्मी विद्या तामाङको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।