0 COMMENTS

लुम्बिनी १६ असाेज०७४/ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान संशोधन गरिने बताएका छन् । आज रुपन्देहीको मर्चवारमा आमसभा तथा पार्टी प्रवेश समारोहलाई सम्बोद्धन गर्दै देउवाले अपुरो संबिधानलाई पूर्णता दिन संबिधान संशोधन आवश्यक रहेको र कांग्रेस नेतृत्वकै सरकारले संविधान संशोधन गर्ने दाबी गरे ।

संबिधान जारी गर्नु अघि नेपाली काँग्रेसले जनता समक्ष दिएको बाचा पूरा गर्न तत्पर रहेको हुँदा संबिधान संशोधनका लागि दुई तिहाई बहुमतको आवश्यता हुने बताए । आफ्नो पार्टीलाई दुई तिहाई बहुमत दिलाएर संशोधनमा सघाउन पनि उनले आग्रह गरे । देश र जनताको पक्षमा नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह आइरहेका कारण देशको संबिधान कार्यान्वयन पनि नेपाली काँग्रेस नेतृत्व सरकारले गर्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले कम्युनिष्टहरु जातजातिको नारा दिएर झगडा मात्र गराउन खोजेको आरोप लगाउदै लोकतन्त्र र प्रजातान्त्रिक समाजबाद प्रतिबद्ध भई पहिचान सहितको समाबेशी संघीयगणन्त्र स्थापनाको कार्यदिशामा निरन्तर अघि बढिरहेको उल्लेख गरे । नेपाली काँग्रेस मधेशबाट जन्मेर मधेशी जनताको हकअधिकार दिलाउन काम गरिरहेकोमधेशी जनताले बुझेर नै संघीय फोरम, लोकतान्त्रिक फोरम त्यागेर काँग्रेस प्रवेश गर्ने क्रम चलेको भन्दै देउवा हौसिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।