0 COMMENTS

काठमाडौं १६ असाेज०७४/ ठूला राष्ट्रिय राजनीतिक दलहरुमा नयाँ नयाँ ध्रुवीकरण भइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयेश त्रिपाठी पार्टी छाडेका छन् ।

राजपा छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले एमालेसँग मिलेर आगामी निर्वाचनमा लड्ने लिखित सहमति गरेका छन् ।नेकपा एमालेसँग दुई बुँदे सहमति गरी एमालेको चुनाव चिन्हबाट आगामी प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा सूर्य चिन्ह लिएर सहभागी हुने र स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने उल्लेख छ ।

स्वतन्त्र राजनीतिक समूहको तर्फबाट हृदयेश त्रिपाठी, बीके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु), जगदिश शुक्ला (बाँके)ले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एमालेको तर्फबाट भने महासचिव ईश्वर पोखरेलले सहमतिमा हस्ताक्षर गरेका छन् । त्रिपाठी मधेसवादी ६ दलबीच एकतापछि रुष्ट भएका थिए । आफू भन्दा कनिष्ट र आफ्नो शिष्यहरुलाई अध्यक्ष मण्डलमा राखिएको भन्दै त्रिपाठी रुष्ट रहँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।