0 COMMENTS

रौतहट१६असोज २०७४/इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोलाई निलम्बन गरी विभागीय कारबाही थालिएको छ ।

प्रहरी जवान महतोलाई विभिागित कारबाही प्रक्रिया शुरु गरिएको एसपी यज्ञविनोद पोखरेलले बताए । एक स्थानीय महिलाको साथमा अश्लिल अवस्थामा भेटाएपछि स्थानीयले महतोलाई समातेर प्रहरी कार्यालयमा बुझाएका थिए ।

स्थानीको मागअनुसार नै महतोलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीका लागि सिफारिस गरेको पोखरेलले बताए । डयुटीमै रहेकाबेला आइतबार राती प्रहरी जवान महतोले स्थानीय महिलालाई बोलाएर समाजमा प्रहरीको छबी बिगार्ने काम गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो ।

यसअघि प्रहरीको आचरणबिरुद्ध काम गरेका प्रहरी सहायक निरीक्षक हरेन्द्र राउत कुुर्मीलाई निलम्बन गरी बिभागीय कारबाही अघि बढाइएको पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।