0 COMMENTS

 रमिला बस्नेत , उदयपुर ,असाेज १६/ दशैकाे बेला अाफन्तकाे हातकाे टीका लागाउन घर तथा अाफन्तहरूकाे घर जाने क्रममा यात्रुहरूको भिड निकै नै बाक्लिने गरेको छ भने दशैकाे बेला यात्रुह लाइ सहयाेग र सुवीधा पुर्याउनभनी संञ्चालन गरेकाे यात्रु बाहक सवारी साधनहरू मध्यकाले  भने माैकाकाे फाइदा उठाउने गरेका र यात्रुहरूलाइ सुवीधा भन्दा कष्ठकर यात्रा गर्न बाध्य र  दुरव्यबहार गर्नेगरेकाे पाइन्छ यसैक्रममा  उदयपुरको बेल्टारबाट बिराटनगर जाने ना ४ ख ४३४७ न.काे सुपर गुराँस ट्राभल्सका चालकले मिति २०७४/६/१५गतेका दिन लापरबाही गरेका छन।  खाल्डाखुल्डी बाटाे र खहरे खाेला हरु भएकाे कारण बेल्टार बाट बिराटनगर  अाउने,जाने बाटाेकाे  यात्रा जाेखिमपुर्ण  त छ नै  ।

यसै क्रममा चाैदण्डि गढि नगरपालिका वडा न. ४ र २ न.काे सिमाना स्थित लामाेखाेलामा बिराटनगरबाट बेल्टार फर्कदैगरेकेा गाडी फसेकाे हुनाले बाटाे साघुराे भएकाे थियाे । सुपर गुराँसका चालकले जबरजस्ती छेउबाट गाडी लाने क्रममा अर्को फसिरहृकाे गाडिमा ठाेकिएकाले सुपर गुराँस गाडीकाे सिसा फुटेकाे र उक्त बाटाे हुद‌ै जि.प्र.का.काे भेन त्यहि बाटाे हुद‌ै अाय पश्चात गाडिहरु निकाल्ने क्रममा २;३ जना प्रहरी जवानहरुले ढुङ्गा तथा माटाेहरु लगाएर बाटोलाई केही सहज बनाएका थिए।

खाेलाकटेपछि गाडिमा चढ्न अाग्रह गर्दै केही यात्रुहरुलाई खाेलामा झारे र खाेलैमा छाडि गाडि हुईकिएकाे थियोे । खाेला तर्नेक्रममा खाेलीएका  जुत्ता लगाउने क्रममा गाडिले यात्रुहरुलाई छाेडेपछि गाडिमा बसिरहेका यात्रुहरुले  बसमा सवार यात्रुहरू छुटेकाे कुरा बसका चालक तथा सहचालकलाइ अबगत गराउदै  मान्छे छुट्याे कुद्दै अाउदैछन, उनिहरुकाे झाेलाहरु गाडिमै छन् , गाडि ,राेक भन्दाभन्दै पनि गाडिले ३ जना यात्रुहरुलाई छाडेर हुईकिएकाे कुरा उक्त गाडिमा भएका ७४,जना यात्रुहरुले बताएका हुन । उक्त गाडिले छाेडेपछि यात्रुहरु अर्को गाडिमा चढेर अाउने क्रममा लगभग ३ कि,मि. पर अर्को खाेलामा साेहि गाडिलाई भेट्टाएका थीयाे।

यसरी  चालक तथा सह चालकहरू ले यात्रुहरूलाइ अादि बाटाेमा छाेडने,सामान अलपत्र पारीदीने जस्ता दुरब्यवहारले गर्दा यात्रुहरू मार्कामा पर्ने गरेकाे र सेवाका लागी भन्दै संञ्चालन गरीएकाे याता यातहरू प्रती नकारात्मक छाप पर्ने भएकाे ले याता यात ब्यवसायीहरूकाे बेलैमा ध्यान पुर्याउन जरूरी छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।