0 COMMENTS

धनगढी, १५ असोज०७४/ कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आज बेलुका बेपत्ता भएका छन् ।

चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको पितमारीस्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको जानकारी दिनुभयो ।

नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको भूमरी नजिक पुगेका दुवैजना डुबेर बेपत्ता भएको बताइएको छ ।बेपत्ता हुनेको खोजी शुरु गरिएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । कर्णाली पुलको चिसापानी बजारदेखि झण्डै दुई किमी उत्तरतर्फ रहेको पितमारी वनभोज स्थलका रुपमा लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।