0 COMMENTS

पाल्पा१५असाेज०७४/  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धबाबामा आइतबार विहान खसेको पहिलो बाटो सात घण्टा एकतर्फी सञ्चानलमा आएको छ । शनिवार लामो समयको अवरोधपछि खुलेको सडक आइतबार विहान साढे ११ बजे पहिरो गएर बाटो अवरुद्ध भएको थियो । सात घण्टापछि बेलुकाबाट बाटो एक तर्फी खुलेको छ ।

राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै पहाड माथिबाट खसेको ढुङ्गासहितको पहिरोले गर्दा सडक आवागमन अवरुद्ध भएको थियो । झण्डै सात घण्टापछि बाटो खुलेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक अवरुद्ध हँुदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका थिए भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले पुर्ण रुपमा सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गा पहिराले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।