0 COMMENTS

रौतहट, असोज १४ । रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन ।

होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मारेर चर्चा कमाउने प्रहरीनै स्वयम आफ्नो कार्यालयको कक्षमा यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।

ईलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले यौनधन्दामा संलग्न एक महिलालाई कार्यालयको कक्षमा नै शारिरीक सम्पर्क राख्दै गरेको अबस्थामा स्थानीयले रङ्गेहात पक्राउ गरपछि स्थानीय आक्रोशित बनेका हुन ।

ड्युटीमा रहेका प्रहरी जवान महतोले प्रहरीको बर्दीमानै गाउँकै एक महिलासंग शारिरीक सम्पर्क राखेपछि स्थानीयले कारबाहीको माग राख्दै राती २ घण्टा प्रहरी कार्यालय घेराउ गरेका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक यादब ढकालले प्रहरी जवान सहित ती महिलालाई हिरासतमा लिएको बताए ।स्राेतःइमेज खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।