0 COMMENTS

रमीला बस्नेत ,गाईघाट, उदयपुर, १३ असोज ०७४/ उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रियुगा नगरपालिका–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ ।आज अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीको निर्माणाधीन घरमा गएर खेल्ने क्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको थियो ।घाइते बालकलाई तत्काल जिल्ला अस्पताल लानेक्रममा बाटैमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।