0 COMMENTS

काठमाडौं,असोज १३/प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्ले गरेको निर्णय चिकित्सकको हकहितविरुद्ध नभएको स्पष्ट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर प्रधानमन्त्री देउवा विहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले चिकित्सकहरुको मागबारे आफू सचेत रहेकाले आगामी दिनमा समाधान गर्ने पनि उल्लेख गरे ।

मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले चिकित्सको लापर्बाहीले विरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकलाई नै क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि चिकित्सकहरुले एक साता भन्दा बढी समयदेखि देशभरका ओपीडी सेवा ठप्प पारी आन्दोलन गर्दै आएका छन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा स्थानीय विकाश मन्त्री विजयकुमार गच्छादार, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देव लगायतले स्वागत गरे ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेललनमा प्रधानमन्त्री देउवाले ओमानको औपचारिक भ्रमण द्विपक्षीय परामर्श भएको बताए । ओमानमा कार्यरत नेपालीहरुको हकहितको रक्षाको लागि द्विपक्षीय सम्झौताबारे पनि कुराकानी भएको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा आफूले स्थानीय निकायका निर्वाचनबारे आफूले जानकारी गराएको उनले बताए । साथै पांचखालमा भएको वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र क्षेत्रीय स्तरको बनाउन आफूले राष्ट्रसंघका महासचिवलाई गरेको आग्रहमा महासचिव पनि सकारात्मक रहेको प्रधानमन्त्रीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।