0 COMMENTS

रामपुर (पाल्पा), १३ असोज०७४/ रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ ।साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चितर्फ आइरहेको ग १ ज ५०५२ नंको जिप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।