0 COMMENTS

काठमाडाैँ १२ असोज०७४/ बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्ेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गर्नुभयो । मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

त्यसअघि आज बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।