0 COMMENTS

भोजपुर, १२ असोज ०७४/ ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ । 

विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद रु ८२ हजार २२८ सहित लत्ताकपडा हस्तान्तरण गरेको हो । 

गाउँपालिका उपप्रमुख सम्झना राई र नेपाली काँग्रेस जिल्ला सदस्य सीताराम राईले सो नगद र लत्ताकपडा बिरामीलाई हस्तान्तरण गर्नुभएको अभियानका अध्यक्ष एकराज भुजेलले जानकारी दिनुभयो । 

मगरको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नगद र लत्ताकपडा वितरण गरिएको काँग्रेस जिल्ला सदस्य सीताराम राईले बताउनुभयो । 

काठमाडाँै बसेर जिल्लाका लागि काम गर्दै आएको अभियानले मगरको उपचारमा सहयोग गर्न अपिलसमेत गरेको छ । आर्थिक अवस्था कमजोर रहेका मगर हाडजोर्नी कुहिने रोगका कारण थला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।